एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र यूएई भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०५
  • |
  • 771 पटक हेरिएको

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा साविक विजेता नेपालले यूएईको सामना गर्ने भएको छ। 

बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरेसँगै ओमन समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेपछि नेपालले यूएई प्रतिद्वन्दी पाएको हो। 

नेपाल समूह चरणका सबै खेले जितेर समूह ए को बिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालले सेमिफाइनलमा अब समूह बी को उपविजेता यूएई प्रतिद्वन्दी पायोकाे हाे। 

नेपालले यसअघि घरेलु मैदानमा सम्पन्न खेलमा यूएईलाई फाइनलमा पराजित गरेर एशिया कपमा आफ्नो स्थान बनाएको थियो।

नेपालले अब फाइनल प्रवेशको लागि यूएईसँग आगामी शुक्रबार खेल्नेछ। यस्तै ओमानले भने हङकङको सामना गर्नेछ। ओमान समूह बी विजेता र हङकङ समूह ए को उपविजेता रहेको थियो।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey