बागमतीकाे पहिलो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०५
  • |
  • 231 पटक हेरिएको

काठमाडौँ। बागमती प्रदेश वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ।

बुधबार सम्पन्न खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको हो। 

बागमती प्रदेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको गण्डकीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३१ रन मात्रै बनायो।

गण्डकीका अमृत गुरुङले अविजित रहँदै सर्वाधिक ३४ रन बनाए। ३० बल उनले २ चौका र १ छक्का प्रहार गरे। सन्दीप क्षेत्री २०, दीपक डुम्रे १८, दिनेश बूढामगर ११ र अर्जुन रायमाझी ११ रनमा आउट भए। 

बागमतीका सवास खत्रीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए। रिजन ढकाल र रामनरेश गिरीले २/२ विकेट लिए। सोनु देवकोटा र गौतम केसीको नाममा १/१ विकेट रह्यो।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनायो।

बागमतीका आशुतोष धिरौयाले शतक प्रहार गरे। ५६ बल खेलेका ७ चौका र ६ छक्का प्रहार गरेका उनले १०१ रन बनाए।

रविन जोशी ३६, आदिल खान १९, इशान पाण्डे १५ र रित गौतम १० रनमा आउट हुँदा सोनु देवकोटा ७ रनमा अविजित रहे।

गण्डकीका अमृत गुरुङ र कमल परियारले २/२ विकेट लिए। यस्तै, सन्दीप क्षेत्री र विपिन खत्रीले १/१ विकेट लिए।

जितसँगै बागमतीले २ खेलबाट २ अंक जोडेको छ। गण्डकीको यो लगातार दोस्रो हार हो।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey