टी-२० विश्वकप क्रिकेटका लागि नेपालको जर्सी सार्वजनिक 

Kelmi

  • |
  • २०८०-१२-२६
  • |
  • 779 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली क्रिकेट खेलाडीले लगाउने जर्सी सार्वजनिक गरेको छ ।

यसअघिकै जर्सीमा परिमार्जन गरेर बनाइएको जर्सीलाई युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले सार्वजनिक गरेका हुन् । उनीहरुले विश्वकप क्रिकेटमा नेपालका कप्तान रोहित पौडेलले लगाउने केल्मीले बनाएको र आदर्श पोखरेलले डिजाइन गरेको जर्सी सार्वजनिक गरेका थिए । यसअघिको जर्सी पनि पोखरेलले डिजाइन गरेका थिए ।

यसपटक पनि पोखरेलले नै यो जर्सीमा आइसीसीको विश्वकपको मापदण्ड अनुसार परिमार्जन गरेका हुन् । जर्सीमा यस अघिको जस्तै झण्डाको रंग प्रयोग हुनुका साथै पहेँलो रङ थप गरिएको छ । 
जर्सी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री श्रेष्ठले खेल क्षेत्रको बिकासका लागि सरकारले पछिल्लो समय निरन्तर काम गरिरहेको बताउँदै  खेलकुदमा निजि क्षेत्रलाई पनि आवद्धता गर्न छलफल सुरु भइसकेको जानकारी दिए । 

राखेप सदस्यसचिव घिसिङले विश्वकपका लागि तयारी गर्न बजेटको कुनै कमि हुन नदिने प्रतिवद्धता जनाएका थिए । टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो ।  विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन् । नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन् ।


 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal