उपाधिनजिक रहेको अल हिलाल विजयी

-
नेप्लेज
- |
- २०८०-१२-२१
- |
- 391 पटक हेरिएको
काठमाडौँ । उपाधिनजिक रहेको अल हिलालले साउदी प्रो लिगमा अल-अखदौदलाई पराजित गरेको छ।
किंगडम एरेनामा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली हिलालले अखदौदलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
हिलालको जितमा सालेह अल-शेहरी, माल्कम र सालेम अल–डावसरीले १/१ गोल गरे।
खेलको १६औँ मिनेटमै शेहरीले गोल गर्दै हिलाललाई अग्रता दिलाएका थिए। उनले रुबेन नेभ्सको पासमा गोल गरे।
६६औँ मिनेटमा माल्कमले डावसरीको पासमा गोल गर्दै हिलालको अग्रता दोब्बर बनाए।
७३औँ मिनेटमा रुबेनकै पासमा डावसरीले गोल गर्दै हिलाललाई ३-० को सहज जित दिलाए।
जितसँगै शीर्ष स्थानमा रहेको हिलालको २६ खेलबाट ७४ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको अल-नासारको भने ६२ अंक रहेको छ।
पराजित अखदौद समान खेलबाट २४ अंक जोड्दै १५औँ स्थानमा छ।