गण्डकीलाई पराजित गर्दै पुलिसले तेस्रो 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१०
  • |
  • 449 पटक हेरिएको

काठमाडौँ । गण्डकीलाई पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ। 

शनिबार त्रिपुरेश्वरस्थित राखेपको कबर्ड हलमा सम्पन्न खेलमा पुलिसले गण्डकीलाई ३-० को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२० ले जित्यो।

त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो तथा निर्णायक सेटमा पुलिस २९-२७ ले विजयी भयो।

तेस्रो सेटमा पहिलो अंक जोडेको गण्डकीले लगातार २ अंक जोडेर अग्रता बनाएको थियो। त्यसपछि अंक गुमाएको गण्डकीले ४-४ बनायो र पुनः ८-८ को बराबरी अबस्थामा बनायो। ९-९ बनाएको गण्डकीले १०-९ को अग्रता बनायो। 

११-११ को अबस्थापछि गण्डकीले १२-११ को अग्रता बनायो। १२-१२ को अबस्थापछि पुनः गण्डकीले १३-१२ ले अग्रता बनायो। १३-१३ को अबस्थापछि गण्डकीले पुनः १४-१३ को अग्रता बनायो। 

१४-१४ को अबस्थामा पुनः गण्डकीले लगातार २ अंक जोड्दै १६-१४ को अग्रता बनायो।

पुलिस लगातार पुनरागम गर्दै खेलमा १६-१७ को अग्रता बनायो। १७-१७ ले बराबरी अबस्थापछि गण्डकीले १८-१७ को अग्रता बनायो।

१८-१८ को बराबरीपछि पुलिसले १८-१९ को अग्रता बनायो। १९-१९ काे बराबरीपछि पुलिसले १९-२० काे अग्रता कायम गर्यो। खेल २०-२० पछि पुलिसले २०-२१ को अग्रता बनायो। २१-२१ पुलिसले लगातार २ अंक जोड्दै २१-२३ ले अग्रता बनायो। 

गण्डकीले २१-२३ पछि लगातार २ अंक जोड्दै खेलमा २३-२३ को अबस्थामा पुर्यायो।  त्यसपछि पुलिसले २३-२४ को अग्रता कायम गर्नसफल भयो। २४-२४

२४-२५ ले पुलिस अघि बढ्यो।

फेरि गण्डकीले २५-२५ को अबस्थामा ल्योयो। पुलिस पुनः २५-२६ ले पुलिस अघि बढ्दा २६-२६ को बराबरीपछि पुलिस २६-२७ ले पुलिस अघि बढ्यो। यतिकैमा हार नमानेको गण्डकीले पुनः २७-२७ को बराबरीमा ल्योयो। 

त्यसपछि पुलिसले लगातार २ अंक जोड्दै खेलमा २९-२७ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हासिल गर्यो।

यस्तै प्रतियोगिताको फाइन खेलमा आजै दिउँसो अर्को बिभागिय टोली त्रिभुवन आर्मी क्लबले टिप टप हेल्प नेपालको सामना गर्दै भने महिलातर्फ नेपाल पुलिस क्लबले एभरेस्टसँग प्रतिस्पर्धा गर्दैछ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal

Chemical Peeling in nepal