आईसीसीले हामीलाई धेरै भन्दा धेरै प्रतियोगिता दिनुपर्छः सचिव खड्का

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-०७
  • |
  • 2143 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले आइसीसीबाट आउँदा दिनमा धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा गराउनका लागि आग्रह गरिएको बताएका छन् ।

चार दिने नेपाल भ्रमणमा रहेका आइसीसी अध्यक्ष ग्रेग बार्कलेले गरेको पत्रकार सम्मेलनमा सचिव खड्काले यस्तो बताएका हुन् ।

नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको बताउँदै त्यसका लागि आइसीसीको साथ सहयोग आवश्यक रहेको बताए ।

सचिव खड्काले नेपालका स्टेकहोल्डरहरुसँगको छलफल अत्यन्त सकारात्मक रहेको र पूर्वाधारमा चासो राखेको पनि बताए ।

यस्तै नेपाली टिमलाई टेस्ट नेशन्ससँग खेल्ने वातावरण मिलाइदिने बताएको पनि सचिव खड्काले जानकारी दिए ।  

 अध्यक्ष बार्कलेले नेपालको क्रिकेटको विकासका लागि आइसीसी तयार रहेको पनि बताएका छन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey