साफ यू-१६ महिला च्याम्पियनसिपमा भारत र बंगलादेश भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 164 पटक हेरिएको

राजधानीमा जारी साफ यू-१६ महिला च्याम्पियनसिपमा आज भारत र बंगलादेश भिड्दै छन् ।

एन्फा मैदान सातदोबाटोमा दिउँसो ३ बजे आमने सामने हुने छन् ।

दुवै टिम लगातार दोस्रो जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा छन् ।

भारतले आफ्नो पहिलो खेलमा भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको थियो ।

यसैगरी बंगलादेशले घरेलु टोली नेपाललाई २-० गोल अन्तरले स्तब्ध बनाएको थियो ।

आजको खेलमा जित निकाल्ने टोलीले शीर्ष फाइनलमा स्थान बनाउने छ भने बराबरीले फाइनल पुग्ने होड रोमाञ्चक हुने छ ।

भुटान लगातार दोस्रो हारसँग प्रतियोगिताबाट बाहिर भइसकेको छ भने नेपाल भने फाइनल पुग्ने होडमा कायमै छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले भारत र बंगलादेशले भुटानसँग खेल्न बाँकी छ ।

नेपाल र भारतबीचको खेल विहीबार हुने छ भने भुटान र बंगलादेश शुक्रबार आमने सामने हुने छन् । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey