बिपी स्मृति उसु वैशाखमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१७
  • |
  • 328 पटक हेरिएको

काठमाडौँ । ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु सङ्घको संयुक्त आयोजनामा प्रथम बिपी स्मृति राष्ट्रिय उसु प्रतियोगिता वैशाख १३ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सान्डा (फाइट) तर्फ मात्र प्रतिस्पर्धा हुने ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुषमा ६ र महिलामा ४ गरी १० तौल समूहमा खेल हुने ललितपुर जिल्ला उसु सङ्घका अध्यक्ष पञ्चराम महर्जन जानकारी दिए ।

प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टिमको सहभागिता रहने छ । प्रत्येक टिमबाट एक तौल समूहमा १ खेलाडीले सहभागिता जनाउन पाउने छन् । हरेक तौल समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २.५÷२.५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ । पहिलो हुने टिमलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख १२ हजार ५ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीन दिने प्रतियोगिताका खेलहरू ललितपुरको मंगलबजारमा हुनेछ । आयोजकका अनुसार प्रतियोगिताको परिकल्पनाकार बागमती प्रदेशका सांसद एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन हुन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey