नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी २० सिरिज पनि एक्सन स्पोर्टसमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१४
  • |
  • 972 पटक हेरिएको

काठमाडौं ।  नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबार देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज हुँदै छ । 

नेपाल, नामेविया र नेदरल्याण्ड्स सहभागी उक्त टी २० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवान बाट प्रत्यक्ष प्रसारण हुने भएको छ । 

पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरएको डिसहोमले त्रिकोणात्मक टी २० सिरिज पनि प्रशारण गर्ने सोमबार जानकारी गराएको हो ।

एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो ।

टी २० सिरिज अन्तर्गत मंगलबार(२७ फेब्रुअरीमा)  नेपालले नामिबियासँग खेल्ने छ भने २८ फेब्रुअरीमा  नेदरल्याण्ड्ससँग खेल्ने छ ।

यसैगरी २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ हुने छ । तीन मध्य शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल विहान साढे ११ बजेदेखि सुरुहुने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey