पल्सर स्पोर्ट्स अवार्डमा अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको पुनरागमन

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२२
  • |
  • 503 पटक हेरिएको

काठमाडौं, माघ २२ । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९’ को २० औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालिसँग पुनः सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।

यही माघ २९ गते होटल याक यतीमा हुने ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका  हुन् ।

कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवद्र्धन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए । 

कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री–वितरण गर्ने नेपालको आधिकारिक संस्था हो ।  

सह–प्रायोजक बनेवापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउने छ ।

पल्सर स्पोर्टस अवार्ड यही माघ २८ गते दरबारमार्गस्थित होटल याक एन्ड यतीमा  आयोजना हुनेछ ।

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत तीन विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपालि सर्ट लिस्टको रुपमा वर्ष खेलाडी पुरुष र महिलाका ८–८ खेलाडी मनोनयनमा परेका छन् । सर्ट लिस्टबाट तीन खेलाडी पुनः छानिने छन् । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । मनोनयनमा रजनी श्रेष्ठ (बडीविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) रहेका छन् । उनीहरूको ई–सेवाबाट भोटिङ भइरहेको छ । त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज NSJF Pulsar Sports Award र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेज Pulsar Nepal बाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक २७ राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउनेछन् ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal