ब्याडमिन्टन टोली श्रीलंका प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-१९
  • |
  • 384 पटक हेरिएको

श्रीलंकामा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन ब्याडमिन्टन खेलाडी शुक्रबार श्रीलंकाको गल प्रस्थान गरेको छ ।

फेब्रुअरी ५ देखि ११ तारिखसम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल च्यालेन्जमा प्रिन्स दाहाल, रशिला महर्जन र रिहाना शेरचनले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, फेब्रुअरी १३ देखि १८ तारिखसम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल सिरिजमा प्रिन्स, रशिला, रिहानासहित अभय महरा र कविर केसीले सहभागिता जनाउने छन् । रिहाना भने श्रीलंकामै प्रशिक्षणरत छिन् ।

टोलीलाई सफताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव प्रकाशकुमार कसारीले एक कार्यक्रमबीच बिदाइ गरे ।

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey