एनएसएलः चितवन र बीरगञ्ज पहिलो जितका लागि खेल्दै
- नेप्लेज
- |
- २०८०-०८-१५
- |
- 528 पटक हेरिएको
नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज शुक्रबार वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दैछन् ।
यी दुई बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
जारी सिजन चितवन एफसीको तेस्रो खेल हो भने पहिलो सिजन खेल्दै गरेको वीरगञ्जको यो दोस्रो खेल हुनेछ ।
चितवन जारी सिजनमा पहिलो जितको खोजीमा रहेको छ । चितवन आफ्नो पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० पराजित भएको थियो भने दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग १–१ गोलको बराबरीमा रोसकएको थियो ।
उता नवप्रवेशी वीरगञ्ज एनएसएलको डेब्यु खेलमा धनगढी एफसीसँग २–१ गोलले पराजित भएको थियो ।