ए डिभिजन लिग फुटबलः आज चार खेल हुदैँ

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-२१
  • |
  • 462 पटक हेरिएको

काठमाडौं, २१ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुदैँछन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक-एक खेल हुनेछन ।
 
एन्फा कम्प्लेक्समा हुने पहिलाे खेलमा खुमलटार र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
 
उता, दिउँसो ३ बजे नै च्यासल मैदान, ललितपुरमामा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा भिडन्त हुनेछ ।
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम र हिमालयन शेर्पा बिचमा प्रतिस्पर्धा हुनेछ, जुन खेल ३ बजेवाट सुरु हुनेछ  ।


 
रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा फ्रेन्डस क्लब र मनाङ मर्स्याङदी आमुने सामुने हुनेछन । 
 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey