पुरुष क्रिकेटमा‌ मकवानपुर पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-११
  • |
  • 431 पटक हेरिएको

हेटौँडाः बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा‌ मकवानपुर पराजित भएको छ।

बिहिबार चितवनस्थित गौतम बुद्ध रंगशालामा भएको सेमीफाइनलमा मकवानपुरले ललितपुरसँग टसमा पराजित भएको हो।

वर्षाका कारण खेल प्रभावित भएपछि टस गरिएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १३८ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको ललितपुरले ३ ओभरमा १ विकेट गुमाएर ३० रन बनाएको थियो।

वर्षाका कारण खेल निरन्तर हुन नसकेपछि टस गर्दा मकवानपुर पराजित भएको मकवानपुरको क्रिकेट टिमका व्यवस्थापक विनोद बानियाँले जानकारी दिनुभयो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey