पुरुष फुटबलमा काठमाडौं फाइनलमा

-
नेप्लेज
- |
- २०८०-०२-११
- |
- 1391 पटक हेरिएको
हेटौँडाः बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा काठमाडौं फाइनलमा प्रवेश गरेको छ।
बिहिबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनलमा ललितपुरलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौंका लागि कब्बु कन्दङ्वाले ५०औं मिनेटमा निर्णायक गोल गरे। कन्दङ्वा म्यान अफ द म्याच घोषित भए। पुरुष फुटबलको फाइनल खेल शनिबार हुनेछ ।