कैलाली प्रीमियर लिग : बेदकोट  नगरपालिका  विजयी 

Kelmi
Global IME
  • नेप्लेज
  • |
  • २०८०-०२-११
  • |
  • 191 पटक हेरिएको

कैलाली जिल्ला क्रीकेट संघको आयोजनामा यहि जेष्ठ ७ गतेदेखि  धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालनमा रहेको कैलाली प्रीमियर लिग अन्तरपालिका टी-२० क्रीकेट प्रतियोगिता-२०८० अन्तर्गत धनगढीको फाप्ला क्रीकेट मैदानमा आज भएको खेलमा बेदकोट नगरपालिकाले कृष्णपुर नगरपालिकालाई ४ विकेटले पराजित गर्न सफल भएको छ।

आज बिहान भएको खेलमा कृष्णपुर नगरपालिकाले टस जित्दै ब्याटिङ  गर्ने निर्णय लिएको हो।फलस्वरूप, कृष्णपुर नगरपालिकाले निर्धारित २० ओभरको खेलमा १९.२ ओभर खेल्दै सम्पुर्ण  विकेटको क्षती मात्र १०७ रन जोड्न सक्यो।ब्याटिङतर्फबाट कृष्णपुर नगरपालिकाका लागि सागर साउँदले ४५  बलमा सर्वाधिक ३६ रन बनाउदा उमेश बुढा ४० बलमा ३० रन तथा बिरेन्द्र चन्दले १० बलमा आक्रामक १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ बेदकोट नगरपालिकाका लागि विवेक बोहरा र राजा विरेन वमले समान ३/३ विकेट  लिन सफल हुँदा आशिष देउवाले समान २ विकेट लिन सफल भए।

१०८  रनको मध्यम  विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बेदकोट नगरपालिकालेले निर्धारित २० ओभरको खेलमा १६.५ ओभर खेल्दै ६ विकेटको क्षती १११ रन बनाउन सफल हुँदै प्रतियोगितामा दोश्रो जित दर्ता गर्न सफल भयो।ब्याटिङतर्फ बेदकोट नगरपालिकाका लागि राजा विरेन वमले ५० बलमा  अविजित सर्वाधिक  ३९ रन बनाउदा कप्तान दिपक चन्द १० बलमा अविजित २० रन तथा आशिष देउवाले १० बलमा १७ रन बनाउन सफल भए।

आजको   खेल बेदकोट  नगरपालिकाले ४ विकेटले जित्न सफल भएको हो।उक्त खेलमा उत्कृष्ट अलराउण्ड  प्रदर्शन गर्नसफल बेदकोट नगरपालिकाका खेलाडी राजा विरेन वम मालिकार्जुन हार्डवेयर म्यान अफ दी म्याच घोषित हुँदै नगद एकहजार हात पार्न सफल भए।

भर्खरै

Advertisement

Nepal Telecom Authority
Bike price in Nepal