कजाकस्तान अपराजित रहँदै समुह विजेता
- नेप्लेज
- |
- २०८०-०२-१०
- |
- 1022 पटक हेरिएको
काभा महिला भलिबलमा कजाकस्तान अपराजित रहँदै समुह विजेता बनेको छ ।
प्रतियोगित अन्र्तगत बुधबार भएको समुह बि को अन्तिम खेलमा कजाकस्तानले उज्वेकस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २६–२४ गुमाएको कजाकस्तानले पुनरागमन गर्दै लगातार तीन सेट जित्दै समुह विजेता बनेको हो ।
कजाकस्तानले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–११ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।
दुई खेल जितेको उज्वेकस्तान दोस्रो स्थानमा रहेको छ ।
आज भएको पहिलो खेलमा समुह ए को खेलमा कीर्गिस्तानले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
आज हुने तेस्राे खेलमा नेपालले भारतको सामना गर्दै छ । खेल तीन बजेबाट सुरु हुनेछ ।