काभा भलिबलमा कीर्गिस्तानको जित

- |
- २०८०-०२-१०
- |
- 485 पटक हेरिएको
राजधानीमा जारी एनएसी काभा वुमन्स भलिबल च्यालेन्ज कप प्रतियोगितामा कीर्गिस्तानले अन्तिम खेल जित्दै प्रतियोगिता अन्त्य गरेको छ ।
समूह एमा रहेको कीर्गिस्तानले आज भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।
कीर्गिस्तान र बंगलादेश यसअघि भारत र नेपालसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका टिम हुन् ।
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै कीर्गिस्तानले सान्त्वना जित आत्मसाथ गर्न भने सफल हुँदा बंगलादेशले समूह चरणका तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिता टुंग्याएको छ ।
पहिलो सेट २५–१६ ले जितेको कीर्गिस्तानले दोस्रो सेट २५–११ ले जितेको थियो ।
तेस्रो सेटमा बंगलादेशले कीगिस्तानमाथि दबाब बढाए पनि अन्तत २५–२० को नतिजा सुम्पिन पुग्यो ।
प्रतियोगिता अन्तर्गत यही समूहमा रहेका नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।
दुवै टोली सेमिफाइनलमा पुगिसेका छन् । आजको खेलको नतिजाले विजेता र उप विजेताको टुंगो लाग्ने छ ।