धोनी तत्काल सन्यास नलिने सोचमा

-
नेप्लेज
- |
- २०८०-०२-१०
- |
- 315 पटक हेरिएको
चेन्नई सुपर किंग्स १० औं पटक आईपीएलको फाइनलमा पुगेको छ ।
मंगलबार चेपौकमा भएको पहिलो क्वालिफायर खेलमा चेन्नईले गुजरात टाइटन्सलाई १५ रनले पराजित गरेको हो ।
खेलपछि धोनीले आईपीएलबाट सन्यास लिने विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै ८–९ महिनापछि यसबारे निर्णय लिने बताए ।
वास्तवमा क्रिकेट कमेन्टेटर हर्ष भोगलेले सोधेको प्रश्नको उत्तर दिँदै मसँग निर्णय गर्न ८–९ महिना छ ।
उनी चेन्नईमै रहने तर खेलाडी बनेर बस्ने कि अरु कुनै रूपमा बस्ने, अहिले नै थाहा नभएको बताए ।
धोनी जनवरीदेखि घरबाट टाढा छन् । उनले मार्चमा अभ्यास सुरु गरेका थिए ।
अब आईपीएलको मिनी अक्सन डिसेम्बरमा हुँदैछ ।
यसका लागि अझै समय रहेकाले अहिले त्यसबारेमा नसोच्ने धोनीले बताएका छन् ।