कराते : सन्जुलाई एकल काता स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०८
  • |
  • 278 पटक हेरिएको

काठमाडौंकी सन्जु देशारले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा स्वर्ण जितेकी छन् । सन्जुले फाइनलमा चितवनकी पुजिस्मा श्रेष्ठलाई पछि पारिन् । महिला टिम कातामा काठमाडौं पहिलो, चितवन दोश्रो तथा काभ्रे र ललितपुर तेश्रो स्थानमा रहे ।

हुप्राचौरमा भइरहेको प्रतियोगिताको महिला ४५ केजीमा नुवाकोटकी पुष्पका लामा पहिलो भइन् । पुष्पकाले फाइनलमा रामेछापकी पविना सुवेदीलाई पराजित गरिन् । महिला ५५ केजीमा सिन्धुपाल्चोककी पार्वती श्रेष्ठले फाइनलमा सिन्धुलीकी निमा भोलनलाई हराउदै स्वर्ण चुमिन् । महिला ६८ केजीमा मकवानपुरकी पूजा खनालले बाजी मारिन् । पूजाले फाइनलमा सिन्धुपाल्चोककी रेश्मा राना मगरको चुनौती पन्छाइन् ।

पुरुष एकल कातामा काठमाडौंका रेहान जावेद पहिलो भए । उनले फाइनलमा काभ्रेका अन्जन यसमालीमाथि जित रचे । पुरुष टिम कातामा काठमाडौंले स्वर्ण, रामेछापले रजत तथा चितवन र काभ्रेले कांस्य जिते । पुरुष ५० केजीमा काठमाडौंका करण चौधरीले शीर्ष स्थान हात पारे । उनले फाइनलमा चितवनका प्रयास मानन्धरलाई पाखा लगाए । पुरुष ६० केजीमा सिन्धुपाल्चोकका डानिल लामाले फाइनलमा धादिङका करण गुरुङलाई पराजित गरिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey