दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०८
  • |
  • 377 पटक हेरिएको

हेटौँडास्थित पिप्ले क्याम्पा रंगशाला दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ ।

खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।

खेल क्षेत्रबाट प्रदेश र देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने भन्दै उनले बागमती प्रदेश सरकारले् खेल क्षेत्रको विकासको लागि खेलकुद परिषद मार्फत धेरै भन्दा धेरै लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

No description available.

सोमबारदेखि सुरु भएको प्रतियोगितामा विभिन्न १३ वटा खेल विधामा ७९४ पदकका लागि २ हजार ५०२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो वर्ष ८ वटा विधामा स्पर्धा भएकोमा यस वर्ष फुटवल, भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्वी, ब्याड्मिन्टन, पौडी र आईटिएफ तेक्वान्दोको खेल सञ्चालन हुने भएको छ ।

No description available.

एकहजार ७५ महिला र एकहजार ४२७ पुरुष गरी २ हजार ५०२ जना खेलाडीले २१९ स्वर्ण, २१९ रजत र ३५६ कास्य गरी ७९४ पदका लागि खेल्ने छन् । पदक विजेता खेलाडीहरुले पदकसहित नगद पुरस्कार समेत प्राप्त गर्नेछन् । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः जनही नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

No description available.

महिला तथा पुरुष फुटबल, एथ्लेटिक्स, महिला र पुरुष भलिबल, रग्वी, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, बक्सिङ र ब्याड्मिन्टनका खेलहरु हेटौंडामा हुनेछ भने उसु र जुडो काठमाडौंमा हुनेछ । पौडी ललितपुरमा र महिला तथा पुरुष क्रिकेट प्रतियोगिता चितवनमा हुनेछ ।

No description available.

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey