कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश र राजपुरालाई

Kelmi
Global IME
  • नेप्लेज
  • |
  • २०८०-०२-०६
  • |
  • 181 पटक हेरिएको

मुकेश पाल र राजपुरा पछाईंले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । ३ किलोमिटर दौड उनले ७ मिनेट २६।७४ सेकेन्डमा पूरा गरेका थिए । ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित कान्तिपुर हाफ म्याराथनको ११ औं संस्करणको विजेता बन्दा नेपाल आर्मी क्लबका मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डको समय निकाले उनी पहिलो पटक विजेता बनेका हुन् । 

आर्मीकै राजन रोकाय दोस्रो भए । उनले १ घन्टा ७ मिनेट ५५ सेकेन्डको समय निकाले । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुन तेस्रो भए । उनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेका थिए ।

हाफ म्याराथनमा नेपाल आर्मीको वर्चस्व हुँदा खड्कबहादुर खड्काले १ घन्टा ९ मिनेट २९ सेकेन्ड, गजेन्द्र राईले १ घन्टा १० मिनेट ५२ सेकेन्ड र प्रेमबहादुर बस्नेतले १ घण्टा १५ मिनेट ३७ सेकन्डको समय निकाल्दै क्रमशः चौथो, पाँचौं र छैंटौं भए ।

महिलातर्फ राजपुराले आफ्नो उपाधि रक्षा गरिन् । गत वर्षकी विजेता नेपाल पुलिस क्लबकी राजपुराले १ घन्टा १९ मिनेट १६ सेकेन्डको समय निकालिन् । उनले गत वर्ष १ घन्टा १९ मिनेट ६ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

प्रहरीकै राममाया बुढा दोस्रो भइन् । उनले १ घन्टा २३ मिनेट ०७ सेकेन्डको समय निकाले । त्यस्तै एपीएएफका पुष्पा भण्डारी १ घन्टा २४ मिनेट ३१ सेकेन्डका साथ तेस्रो र पूर्णराज्यलक्ष्मी न्यौपानेले १ घन्टा २६ मिनेट २३ सेकेन्डका साथ चौथो स्थान हासिल गरे । आर्मीकी गीता विक १ घन्टा २९ मिनेट ३६ सेकेन्डका साथ पाँचौं भइन् । त्यस्तै नेपाल प्रहरीको सुमित्रा चौधरीले १ घन्टा ३० मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै छैंटौं स्थान हासिल गरेकी छिन् ।

हाफ म्याराथन पुरुष र महिला दुवैको विजेताले जनही १ लाख पाउने छन् । त्यस्तै दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाउने छन् ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो ।

तस्बीर : कान्तिपुर टिभी 

भर्खरै

Advertisement

Nepal Telecom Authority
Bike price in Nepal