पदक विजेता वादोरियो कराते टोली फर्कियो

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०५
  • |
  • 282 पटक हेरिएको

मलेसियामा भएको १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ ।

मे १२ देखि १४ तारिखसम्म भएको प्रतियोगितामा १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जिते । नेपालले ७ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेको नेपाल वादोरियो कराते डो संघले जनाएको छ ।

देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समिक्षा सार्की र रिदेश बस्यालले स्वर्ण जिते । आकृति कँडेलले रजत तथा वैश्नवी वर्मा र सन्यम कँडेलले कांस्य हात पारे ।

टोलीको प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा रहेका  छन् ।

टोलीलाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेपाल वादोरियो कराते डो संघका प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey