उप मेयर कप महिला कराते शनिबार

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०४
  • |
  • 591 पटक हेरिएको

शंखडोल कराते एकेडेमीको आयोजनामा प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत हुन लागेको प्रतियोगितामा १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितले जनाएका छन् ।

गोकणेश्वर नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा जम्मा ८ स्पर्धामा खेल हुनेछ । ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, खुला, एकल काता, टिम काता र टिम फाइटमा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १ हजार ५ सय, १ हजार र ५–५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

एकदिने प्रतियोगिताका खेलहरु गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा खेलाइने  छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey