टर्किस एयरलाइन्सद्वारा क्रिकेटर सन्दीप लामिछानेलाई सम्मान 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०४
  • |
  • 11649 पटक हेरिएको

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका नेपाली क्रिकेट सन्दीप लामिछानेलाई टर्किस एयरलाइन्सले सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा टर्किस एयरलाइन्सका जनरल म्यानेजर सेरकन बसरले सन्दीपलाई सम्मान गरेका हुन् ।

बसरले पछिल्लो समय नेपाली क्रिकेट टिममा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई सम्मान गर्न पाउँदा आफू उत्साहित भएको बताए ।

उनले सन्दीपले आईसीसी एक दिवसीय वरियताको बलिङतर्फ १९ औं स्थानमा आएको र एक दिवसीय क्रिकेटमा सर्वाधिक कम खेलबाट १०० विकेट लिने रेकर्ड कायम गरेकोमा एयरलाइन्सले सम्मान गरेको बताए ।

May be an image of 2 people, aircraft and text

सम्मानित भएका सन्दीपले टर्किस एयरलाइन्सबाट सन्दीपले युरोप टूरका लागि टिकट प्राप्त गर्ने छन् ।

नेपाली खेलकुदका लागि टर्किस एयरल्यान्स योगदान गर्न तयार रहेको बताउँदै आगामी दिनमा पनि खेलाडीहरुलाई सम्मान गर्ने कुरामा आफूहरु पछि नपर्ने बसरले बताए ।

May be an image of 8 people and text that says 'TURKISH IRL NES S'

सम्मानित भएका सन्दीपले यस्तो सम्मानले क्रिकेटमा लाग्न अझ प्रेरित गर्ने पनि बताएका थिए ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey