राष्ट्रिय वाणिज्य बैंकले क्रिकेटरलाई नगदसहित सम्मान गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०३
  • |
  • 600 पटक हेरिएको

राष्ट्रिय वाणिज्य बैंकले नेपाली क्रिकेटरलाई नगदसहित सम्मान गर्ने भएको छ । 

वैंकको मुख्य कार्यालय भद्रकाली प्लाजमा वैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठसँग छलफलका लागि पुगेका क्यानका कार्यबहाक सचिव दुर्गाराज पाठकले बैंकले क्रिकेट खेलाडी र अफिसिलयहरुलाई नगदसहित सम्मान गर्ने जनकारी दिए ।

कार्यबहाक सचिव पाठकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले खेलाडीहरुलाई नगद १ लाख र खेल प्रशिक्षकसहित अफिसियलहरुलाई जनही ५० लाख प्रदान गर्ने छ ।  

नेपाली क्रिकेट टिमले एक दिवसीय वरियता जोगाएको छ भने पछिल्लो समय एसिया कपमा पनि छनोट भएकाले खेलाडीहरुको मनाेबल बढाउनका लागि नगद रकमसहित सम्मान गर्न लागिएको बैंकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey