१६ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्ट जेष्ठ २१ देखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०३
  • |
  • 376 पटक हेरिएको

नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतीमा आयोजना हुने राष्ट्रब्यापी खुल्ला ब्याडमिन्ट प्रतियोगिताको १६ औं संस्करण जेष्ठ २१ देखि २४ गते सम्म हुने भएको छ ।

नेपाल एपिएफ क्लब ९कृष्णमोहन स्मृती भवन० हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् ।

राष्ट्रिय बरियता प्रतियोगिता समेत रहेको प्रतियोगितामा पुरुष÷महिला एकल र युगल, मिक्स युगल, पुरुष यु–१२ र यु–१९, भेट्रान्स युगल ४५ र ५५ बर्ष माथि तथा अन्तर सरकारी सेवा ९बहाल तथा निबृत्त० ३५ बर्ष माथिी गरि १० विधामा प्रतिस्पर्धा हुनेछ ।

कुल ८ लाख, ६५ हजार पुरस्कार रासी रहेको प्रतियोगितामा पुरुष र महिला एकलका विजयी शिर्ष तीनका खेलाडीहरुले नगद ७० हजार, ३५ हजार र २५ हजार प्राप्त गर्ने छन् । यसतै युगल तर्फ पहिलो हुनेले नगद ५५ हजार, दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद २० हजार प्राप्त  गर्नेछन् । यस्तै ब्वाईज १२ र १९ बर्ष मुनिका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् ।  मिस्क युगल तर्फ प्रथमले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार प्राप्त गर्नेछन् । भेट्रान्स तर्फका दुवै समूह र अन्तर सरकारी सेवाका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रथम हुनेले नगद ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन् । यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कार्यक्रमलाई फर्मुला प्लस ईभेन्ट एवं एडभर्टाईजिङ्ग प्रा।लि।, नेपाल ब्याडमिन्टन संघ ९प्राविधिक सहयोग०, बागमती प्रदेश, योनेक्स सनराईज नेपाल, एपिएफ मेम्बर्स सोसाईटीले समन्वय र सहकार्य गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

साथै पत्रकार सम्मेलनमा १२ औं सहवीर स्मृती खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता संघसंग समन्वय गरि भदौमा संचालन गरिने समेत पत्रकार सम्मेलनमा बताईयो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey