भलिबलको तयारी बारेको पत्रकार सम्मेलन

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०१
  • |
  • 401 पटक हेरिएको

नेपाल भलिबल संघको आयोजनामा काभा महिला भलिबल च्यालेन्ज कप २०८० को तयारी पुरा भएको छ । संघले सोमबार एक पत्रकार सम्मेलन गर्दै सो जानकारी गरेको हो । च्यालेन्ज कप आयोजना गर्ने कममा छिटपुट कार्य बाहेक प्राय सम्पूर्ण तयारी सम्पन्न भईसकेको संघले जनाएको छ । प्रतियोगितामा सहभागी हुने विदेशी टोलीका खेलाडीहरुको  आउने समय तालिका प्राप्त भईरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

नेपाल सरकारले २०७४ जेष्ठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबललाई घोषणा गरेका ऐतिहासिक दिनलाई नै अवसर पारेर यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।  प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री प्रचण्डबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा जेष्ठ ८ गते हुनेछ  र समापन तथा पुरस्कार वितरण युवा तथा खेलकुद मन्त्रीबाट हुने कार्यक्रम तय भएको छ । प्रतियोगितामा FIVB को प्रतिनिधी सहित काभाका अध्यक्ष मोहम्मद नातिफ लगायत विभिन्न सहभागी सात देशका पदाधिकारीहरुको सहभागिता रहने छ ।  

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey