भाटभटेनीको सहयोगमा वेस्टह्यामको म्याच २ नेपालीले हेरे

-
नेप्लेज
- |
- २०८०-०२-०१
- |
- 454 पटक हेरिएको
भक्तपुरका अनमोल श्रेष्ठ र पोखराका सुजन रेग्मीले इंग्लिस प्रिमियर लिग फुटबल स्टेडियममै बसेर हेर्न पाएका छन् । उम्रोको ‘रोड टू वेस्ट ह्याम’ योजना अन्तर्गत श्रेष्ठ र रेग्मी विजेता बन्दै इङ्लिस प्रिमियर लिगको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका हुन् ।
उम्रो ब्राण्डसँगको सहकार्यमा भाटभटेनी सुपरमार्केटले सञ्चालन गरेको रोड टू वेस्ट ह्याम योजना अन्तर्गत दुवै जनाले मे ५ देखि मे १० सम्म लण्डन पुगेर वेस्ट ह्याम र म्यानचेस्टर युनाईटेडको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका हुन् ।
त्यसका लागि लण्डनको दुईतर्फी ह्वाई भाडा, पाँच दिनको बस्ने, खाने ब्यवस्था सहित यात्राको सम्पुर्ण खर्च भाटभटेनी सुपर मार्केटले उपलब्ध गराएको थियो ।
भाटभटेनीका १४ वटा स्टोरबाट उम्रोका सामान लिने ग्राहकलाई यस योजनामा समावेश गरिएको थियो । उम्रोको रोड टू वेस्ट ह्याम योजना जनवरी २७ देखि मार्च ३० सम्म भाटभटेनीका १४ वटा सुपर मार्केट र डिपार्टमेन्टल स्टोरमा सञ्चालन गरिएको थियो ।
फुटबल र आम मानिसको जिवनशैलीसँग जोडिएको उम्रोलाई नेपालमा आधिकारिक रुपमा भाटभटेनी सुपर मार्केटले बिक्री वितरण गर्दै आएको छ ।