टी १० स्पोर्ट्सका ४ भाग्यशाली ग्राहकले आइपीएल स्टेडियममै बसेर हेर्न पाउने

-
नेप्लेज
- |
- २०८०-०१-२९
- |
- 231 पटक हेरिएको
टी १० स्पोर्ट्स अन्तर्गत चार जना भाग्यशाली ग्राहकले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेका छन् ।
भाटभटेनी सुपर मार्केटको 'स्कोर विग विथ टी १०' योजना अन्तर्गत चार जना ग्राहकले भारतमा गएर आईपीएलको प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेका हुन् ।
भाटभटेनीले देशभर रहेका आफ्नो २४ वटा स्टोरबाट २५ सयभन्दा बढी मुल्यको टी १० ब्राण्डको सामान किन्ने ग्राहकलाई लक्की ड्रमा समावेश गरेको थियो ।
लक्की ड्रमार्फत काठमाडौंका रामसुन्दर कुँवर र नेत्रबहादुर भट्टराई, इटहरीका सन्तोष श्रेष्ठ, भक्तपुरका मनोजकुमार थापा छनोट भएका थिए
चार जना भाग्यशाली ग्राहकले पञ्जाब किंग्स र मुम्बई इन्डियन्स बीचको खेलको भिआईपी टिकेट, काठमाडौं पञ्जाबको दुईतर्फ हवाई टिकेट र बसोबासको सुविधा पाएका हुन् ।
चारै जना भाग्यशाली ग्राहकले मे ३ मा भएको पञ्जाव र मुम्बईबीचको खेल मोहाली स्टेडियममा गएर हेरेका थिए ।
भारतीय ब्राण्ड टी १० स्पोर्ट्स पञ्जाव किंग्सको आधिकारिक किट पार्टनर हो। टी १० लाई नेपालमा आधिकारिक रुपमा भाटभटेनी सुपर मार्केटले बिक्री वितरण गर्दै आएको छ ।
टी १० स्पोर्ट्सको स्कोर विग विथु योजना फेब्रुअरी ३ देखि मार्च ३१ सम्म देशभरका २४ वटा भाटभटेनी सुपर मार्केटका स्टोरमा सञ्चालन गरिएको भाटभटेनी होल्डिङ्सले जनाएको छ ।