हिमालयन बैंक लिमिटेड राष्ट्र बैंकबाट सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०१-१७
  • |
  • 386 पटक हेरिएको

नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहका बीच वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ । 

सो समारोहमा सम्मान स्वरुप नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् । हिमालयन बंैकले आ.व. २०७८/७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।

करिब दुई दशक देखि आफ्नो विप्रेषण सेवा “हिमालरेमिट” मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुबिधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ । बैंकले संसार भरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ । 

हाल बैंकले देश भरि फैलिएका हिमालरेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएकोे छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey