बुल्भ्सको पोस्टमा ब्राइटनको आधा दर्जन गोल

  • Image नेप्लेज
  • १६ वैशाख २०८०, शनिवार
  • 396 पटक हेरिएको
बुल्भ्सको पोस्टमा ब्राइटनको आधा दर्जन गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले फराकिलो जित दर्ता गरेको छ । आज भएको खेलमा ब्राइटनले वुल्भसमाथि ६-० गोल अन्तरको जित दर्ता गरेको हो । ब्राइटनलाई जिताउन पास्कल ग्रस, डेनी वेलब्याक र डनिज उडनवे दुईदुई गोल गरेका थिए ।

छैटौं मिनेटमा गोल गर्दै उडनभले ब्राइटनलाई घरेलु मैदानमा अग्रता दिलाए । १३ औं मिनेटमा पास्कलले गोल गरेपछि अग्रता दोब्बर बनेको थियो । पास्कलले २६ औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे ।

३९ औं मिनेटमा वेलब्याकले गोल गरेपछि ब्राइटले पहिलो हाफमा ४-० को अग्रता लिएको थियो । ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि पाँचौं गोल वेलब्याकले गरेका थिए भने ६६ औं मिनेटमा उडनबले पनि व्यक्तिगत दोस्रो गोल गर्दा ब्राइटन ६-० गोल अन्तरले विजयी भयो । जितसँगै ब्राइट ५२ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ । उल्भस भने ३७ अंकका साथ तालिकाको १३ औं स्थानमा छ ।

Albion celebrate together after Deniz scored his wonderful second goal. What a team!

यस्तै आजै भएको अर्को खेलमा ब्रेन्टफोर्डले नटिङघम फरेस्टलाई २-१ गोल अन्तरले पराजित गरेको छ । ब्रेन्टफोर्ड १ गोलले पछि परे पनि नतिजा उल्टाउन सफल भयो ।  डानिलोले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नटिङघमलाई अग्रता दिलाएका थिए ।

तर, ८२ औं मिनेटमा इभान टोनीले गोल गरेपछि ब्रेन्टफोर्डले खेल बराबरीमा ल्याएको थियो । यस्तै, पेलेन्डा डि सिल्भाले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेपछि ब्रेन्टफोर्डले स्पष्ट ३ अंक थप्न सफल भयो ।

ब्रेन्टफोर्ड ५० अंकका साथ नवौं स्थानमा रहँदा पराजित भएको नटिङघम १७ औं स्थानमा छ ।