युनाइटेडलाई पछि पार्दै न्युक्याशल प्रिमियर लिगको चौथो स्थानमा फर्कियो

  • Image नेप्लेज
  • २५ चैत्र २०७९, शनिवार
  • 506 पटक हेरिएको
युनाइटेडलाई पछि पार्दै न्युक्याशल प्रिमियर लिगको चौथो स्थानमा फर्कियो

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ । 

आज भएको खेलमा जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेड केहीबेरमै चौथो स्थानमा पुगेको छ । न्युक्यासल र म्यानचेस्टर दुवैको समान ५६ अंक रहेको छ ।

न्युक्यासलले आज ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरले पराजित गरेको हो ।

न्युक्यासलको जितमा एक गोल उपहार प्राप्त भएको थियो ।

पहिलो हाफको अन्तिम समयमा इभान टोनीले पेनाल्टीमाफर्त गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । उनैले २९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न भने असफल भएका थिए ।

Image

५४ औं मिनेटमा डेभिड रायाले ब्रेन्टफोर्डकै पोस्टमा गोल गरेपछि उपहार पाएको थियो, न्यूक्यासलले ।

६१ औं मिनेटमा एलेक्जेन्डर  इस्कले गोल गरेपछि न्युक्यासल २–१ ले विजयी भयो ।