वडाध्यक्ष बरालजोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१२-१४
  • |
  • 363 पटक हेरिएको

रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडी पोखरा महानगरपालिका वडा नम्बर ८ स्तरिय व्याडमिण्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा मंगलबारदेखि शुरु प्रतियोगितामा भेट्रान्सतर्फको डबल्समा वडाध्यक्ष समेत रहेका बरालको जोडीले फाइनलमा स्थान बनाएको हो । बराल जोडीले पहिलो खेलमा श्रीराम घिमिरे र कर्मा लामालाई तथा दोश्रो खेलमा रामकृष्ण तिमिल्सीना र गंगाबहादुर सुवेदीको जोडीलाई पराजित गरेको थियो । अब यो जोडीले उपाधीका लागि सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडीसंग बुधबार प्रतिस्पर्धा गर्नेछ । सरोज जोडीले पहिलो खेलमा रेशम गुरुङ्ग र जसबहादुर गुरुङ्गलाई तथा दोश्रो खेलमा रबिन धमला र फुर्वा छिरिङ गुरुङ्गको जोडीलाई पराजित गरेको थियो ।

त्यस्तै, ओपनतर्फ मंगलबार भएको खेलहरुमा सुरेश तामाङ्ग र नारायण रानामगरले नविन गुरुङ्ग र अभिषेक थापाको जोडीलाई, अखिल कुमार शाही र रेशम थापाले थमन र जिवन गुरुङ्गको जोडीलाई पराजित गरे । अन्य खेलहरुमा विशाल अधिकारी र रामचन्द्र रामदामको जोडीले रामु मगर र जगत गुरुङ्गको जोडीलाई, देवन मगर र सूर्य थापाको जोडीले एकबहादुर र सूर्य बुढाथोकीलाई, श्याम थापा र दिल सुनारीले देवेन्द्र गुरुङ्ग र जुक्तमान गुरुङ्गलाई तथा चन्द्र गुरुङ्ग र नरबहादुर थापाले सूर्य पौडेल र योगेश श्रेष्ठलाई पराजित गरे ।

यसअघि वडाध्यक्ष रुद्रथान बरालले अफिसियललाई खेल समाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा उनले वडावासीविच भाइचारा सम्बन्ध प्रगाढ पार्न तथा स्वास्थ्य समाज निर्माणका लागि वडाले यो प्रतियोगिता आयोजना गर्दै आएको बताए । यो कार्यक्रमलाई रातो किताबमै राखेर हरेक वर्ष उत्कृष्ट बनाउँदै लैजाने उनको भनाई थियो । कार्यक्रमका विशेष अतिथि वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आगामी वर्षहरुबाट आफ्नों वडाले पनि खेलकुदका क्रियाकलाप शुरु गर्ने जनाए ।

वडा नम्बर ५ का पूर्ववडाध्यक्ष डिवी नेपालीले महानगरका हरेक वडाले आ–आफ्नों वडामा खेलकुद गतिविधी सञ्चालन गर्नुपर्नेमा जोड दिए । वडा सचिव सविता ढुङ्गानाले सञ्चानल गरेको कार्यक्रममा वडा सदस्य गोविन्द बरालले स्वागत गरेका थिए । दुई दिने प्रतियोगितामा ४२ खेलाडीले भाग लिएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey