सम्झना कप टेबलटेनिस माघ १७ बाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१५
  • |
  • 508 पटक हेरिएको

पाँचौ सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ १७ गतेबाट हुने भएको छ ।

काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आयोजक ललितपुर टेबल टेनिस क्लबले प्रतियोगिता माघ १७ गतेदेखि २१ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल प्रशिक्षण केन्द्रमा हुने जनाकारी दिएको हो ।

यसपटकको प्रतियोगितामा नेपाली खेलाडी मात्र नभएर विदेशी खेलाडीको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा भारतका नौ, बेलायतका दुई तथा फ्रान्स र पोर्चुगलबाट एक एक खेलाडीले सहभागिता जनाउने बताइएको छ ।   

प्रयितोगितामा मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स टिम, वुमेन्स टिम, मेन्स भेट्रान (४० वर्ष माथि), वुमेन्स भेट्रान (४० वर्ष माथि) र मेन्स भेट्रान सिंगल (५५ वर्ष माथि) गरी कुल सात विधामा प्रतिस्पर्धा गराइनेछ । 
प्रतियोगितामा पुरुषतर्फ दुई सय तथा महितातर्फ ५६ खेलाडीको सहभागिता रहनेछ आयोजकले बताएको छ । 
पुरुष र महिला सिंगल र टिम तर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा सेमिफाइनबाट बाहिरिने दुई खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने भेट्रानतर्फको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र सेमिफाइन्लबाट बाहिरिने दुई खेलाडीलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey