सुरेश र दिलको जोडी फाईनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-०३
  • |
  • 420 पटक हेरिएको

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भईरहेको तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका दिल बहादुर कदङ्गवाको जोडी उपाधी नजिक पुगेका छन् ।

सुरेश र दिलको जोडीले एपिएफका बलराम लामिछाने र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१७, २१–८ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । यस्तै अर्को सेमिफाईनलमा नखिपोट युथ क्लबका पुर्ण बुढाथोकी र कुमार राईको जोडीले संघर्षपूर्ण खेलमा किर्तिपुरका पुर्ण चन्द्र जोशी र राजु महर्जनको जोडीलाई २१–१५, १८–२१, २१–१९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन ।

पुरुष डबल्स ३५ बर्ष माथिको स्पर्धामा दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडी चितवनका बिद्वान गुरुङ्ग र किरण लामाको जोडीलाई २०–२२, २१–११, २१–१९ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरे ।

कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले मानभवन ब्याडमिन्टन क्लबका आकाश छन्त्याल र न्यू बि.एस.का नारायण गौतमको जोडीलाई २१–१७, २१–१४ ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाए । बालकुमारी रिमिक्स क्लबका भुवन श्रेष्ठ र दिपन महर्जनले एपिएफका ईन्द्र महता र धिरेन चन्द को जोडीलाई २१–१२, २१–१३ ले तथा पुलिसका बिष्णु कटुवाल र शम्भु कुमार श्रेष्ठको जोडीले मध्यपुर ब्याडमिन्टन क्लबका नवराज भण्डारी र शालिक गौतमको जोडीलाई २१–६, २१–१६ ले पराजित गर्दै सेमिफाईनमा भेट पक्का गरे ।

यु–१९ तर्फको खेलमा एपिएफका क्षितीज खनालले आर्मीका सन्तोष पनेरुलाई २१–१७, २१–१५ ले पराजित गर्दै अन्तिम ४ को यात्रा तय गरे । सेनाका डेभिड थापा मगर र अनिल मल्ल विच भएको प्रतिस्पर्धामा डेभिडले बाजी मारे । डेभिडले २१–८, २१–१२ को जित निकालेका हुन् । यस्तै सेनाकै हिमाल चन्द र कविर केसी विचको खेलमा हिमाल चन्दले जित हात पारे । चन्दले २२–२४, २१–१७, २१–१५ को सेटमा जित निकालेका हुन् । सेनाका नरेन्द्र बम र रोशन चन्दविच भएको खेलमा नरेन्द्र बमले २१–१९, २१–१७ को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरे ।

प्रतियोगिताको सेमिफाईनल विहान ८ः३० बजे बाट हुने प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्यले बताए ।

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey