नेपाल टी २० लिग विजेता टिमले पाउने छ, यति धेरै रकम 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०९-०८
  • |
  • 847 पटक हेरिएको

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ । 

शुक्रवार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो ।

प्रतियोगिताको उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने क्यानले जनाएको छ ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउनेछन् ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिवार बाट शुरु हुनेछ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey