जितकुण्डो सेमिनार बुधबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-२०
  • |
  • 526 पटक हेरिएको

नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा सातौं जित कुण्डो सेमिनार बुधबारदेखि हुने भएको छ ।

सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् ।

सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गर्ने छन् । दुईदिने सेमिनार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

सेमिनार शुक्रबार हुने तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितालाई लक्षित गरी सञ्चालन गर्न लागिएको जितकुण्डोका प्रमुख प्रशिक्षक एवं आयोजक संघका महासचिव शिवबहादुर थापाले जानकारी गराए । प्रतियोगिता र सेमिनारलाई टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey