प्रदेशसभा सदस्यमा निर्वाचित भएकाे मिनकृष्ण महर्जनलाई डाेजाेकाे सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-१७
  • |
  • 415 पटक हेरिएको

जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रदेश सांसद्का विजेता मिनकृष्ण महर्जनको सम्मानमा शनिबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गर्‍यो ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका महर्जन डोजोका संरक्षक एव संस्थापक हुन् । आयोजक डोजो र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, करातेका वरिष्ठ प्रशिक्षक अक्बर शाह, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, करातेकर्मी, खेलाडी, प्रशिक्षकलगायतले महर्जनलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै बधाइ दिए ।

महर्जनले ललितपुर क्षेत्र नं १ को प्रदेश २ (ख) मा निकत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका चेतनाथ सन्जेललाई ४ हजार २ सय १४ मतले पराजित गरेका थिए । नेपाली कांग्रेसका उम्मेद्वार महर्जनले १३ हजार ३ सय ७८ तथा सन्जेलले ९ हजार १ सय ६४ मत ल्याएका थिए ।

खेलकुद पृष्ठभूमिका महर्जनले सांसद् बन्न खेल क्षेत्रको ठूलो योगदान रहेको बताउदै बागमतीलाई खेलकुदमय बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले खेलकुदकर्मीले हासिल गरेको जित प्रति खुशी व्यक्त गर्दै महर्जनले बागमती प्रदेशको खेलकुदलाई अझ चलायमान बनाउने विश्वास व्यक्त गरे ।

सोही अवसरमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा करातेतर्फ पदक जित्न सफल ललिपतुरका खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो । स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ र रिना श्रेष्ठ, रजत विजेता विपिनराज सिंह दर्जी र कांस्य विजेता स्विकार राई सम्मानित भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey