कठिन जित निकाल्दै स्वीट्जरल्याण्ड विश्वकपको अन्तिम १६ मा 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-१७
  • |
  • 488 पटक हेरिएको

कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह जीबाट ब्राजिल र स्वीट्जरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् ।

आज विहान सकिएको खेलमा ब्राजिल अन्तिम खेलमा क्यामरुनसँग १–० गोल अन्तरले पराजित भएपनि शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्दा स्वीट्जरल्याण्डले सर्वियामाथि ३–२ गोल अन्तरको जित दर्ता गर्दै उप विजेता बनेको हो ।

ब्राजिल र स्वीट्जरल्याण्डको समान ६ अंक भए पनि गोल अन्तरमा ब्राजिल शीर्ष स्थानमा रहेको हो ।

आज विहान ब्राजिल र क्यामरुनबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो ।

अधिकांश समय ब्राजिलले बल आफ्नो नियन्त्रणमा राखे पनि अन्तिम समयमा क्यामरुनले गोल गर्दै जित निकालेको थियो ।

ब्राजिललाई पराजित गरेको क्यामरुन भने नकआउट चरणमा प्रवेश गर्न पाएन ।

क्यामरुनका लागि  दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा भिनिसेन्ट अबुबकारले गोल गरेका थिए ।

लगत्तै उनी नै दोहोरो पहेँलो कार्ड पाउँदै (रातो कार्ड) मैदान छाडेका थिए ।

यस्तै अर्को खेलमा स्वीट्जरल्याण्डले सर्वियामाथि ३–२ गोलको जित निकालेको थियो ।

सुरुआती गोल स्वीट्जरल्याण्डले गरे पनि सर्वियाले लगातार २ गोल गर्दै अग्रता लिएको थियो ।

२० औं मिनेटमा जाडन साकिरीले गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए ।

एलेक्जेन्डर मिट्रोभिले गोल गरेपछि सर्विया खेलमा फर्किएको थियो ।

३५ औं मिनेटमा डुवान भालोभीले गोल गरेपछि सर्विया अग्रता २–१ ले अघि बढ्यो ।

डोनाल्ड एम्बेलोले ४४ औं मिनेटमा बराबरीमा ल्याएका थिए ।

४८ औं रिमो फ्यूरलले गोल गरेपछि ३–२ ले स्वीट्जरल्याण्ड अघि बढ्यो र सोही नतिजा अनितमसमयम सम्म कायम राख्यो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey