शीर्ष स्थानको युनियन बर्लिन स्तब्ध

-
एजेन्सी
- |
- २०७९-०६-१५
- |
- 459 पटक हेरिएको
जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानमा युनियन बर्लिन पराजित भएको छ ।
आज भएको खेलमा बर्लिन इन्टरिच फ्रान्कफर्टसँग २–० गोल अन्तरले पराजय भोग्न पुग्यो ।
मारियो गोट्जेले गोल गर्दै फ्रान्कफर्टलाई १२ औं मिनेटमा अग्रता दिलाएका थिए ।
यसैगरी ४२ औं मिनेटमा जेसपर लेन्डस्पमले गोल थपेपछि फ्रान्कफर्टले पहिलो हाफमै २–० को अग्रता लिएको थियो ।
सोही अग्रता जोगाउँदै फ्रान्कफर्ट विजयी भयो ।
पराजित भएको युनियन बर्लिनले ८ खेलमा १७ अंक जोड्दै आफूलाई शीर्ष स्थानमै राखेको छ भने विजयी भएको फ्रान्कफर्ट १४ अंकका साथ पाँचौं स्थानमा छ ।
यस्तै आरबी लाइपजिङले बोचुममाथि ४–० को फराकिलो जित दर्ता गरेको छ ।
एफसी क्लोन्जसँग बोरुसिया डटमुन्ट ३–२ गोलले पराजय भोगेको छ ।
यो पराजयले बोरुसियालाई तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुम्न पुग्यो ।