एभर्टन, चेल्सी र फुलह्याम विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-१५
  • |
  • 630 पटक हेरिएको

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ ।

आज भएको खेलमा एभर्टनले साउथह्याम्पटनमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सवै गोल दोस्रो हाफमा निस्किएका हुन् ।

४९ औं मिनेटमा जोए एरिबोले गोल गर्दै साउथ ह्याम्पटनलाई अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा कोनोर कोएडीले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए ।

५४ औं मिनेटमा डुएट मेकनेइलले गोल गरेपछि एभर्टनले २–१ को अग्रता लिन सफल भयो ।

त्यही अग्रता अन्तिमसम्म जोगाउँदै एर्भटनले स्पष्ट ३ अंक लिन सफल भयो ।

एभर्टनले ८ खेलमा १० अंक बनाँदा साउथ ह्याम्पटनले ८ खेलमा ७ अंक बनाएको छ । 

प्रिमियर लिग अन्तर्गत आजै भएको अर्को खेलमा न्यू क्यासल युनाइटेडमाथि फुलह्यामले ४–१ गोलको फराकिलो जित दर्ता गरेको छ ।

यस्तै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै चेल्सीले ७ खेलबाट १३ अंक बनाएको छ भने क्रिष्टल प्यालेसले समान खेलबाट ६ अंकमात्रै बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey