भलिबल संघको अध्यक्षमा चन्द प्यानल निर्वाचित

Kelmi
Global IME
  • नेप्लेज
  • |
  • २०७९-०५-२३
  • |
  • 559 पटक हेरिएको

नेपालकाे राष्ट्रिय खेल भलिबलकाे नेपाल भलिबल स‌ंघमा जीतेन्द्रबहादुर चन्द प्यानल विजयी भएकाे छ।

बुधबार राति भएकाे निर्वाचन पछि विहीबार विहान सार्वजनिक भएकाे मत परिणाम अनुसार चन्द निर्वाचित भएका हुन्। 

१२८ मत खसेकाेमा चन्दले ७६ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी निराेज मास्केले ५० मत प्राप्त गरिन् । चन्द नेपाल भलिबल संघकाे २ कार्यकाल महासचिव भएका व्यक्ति हुन् भने मास्के उपाध्यक्ष रहेकी थिइन् । यसैगरी महासचिवमा पनि चन्द समूहकै राेशन श्रेष्ठ निर्वाचित भए । उनले ८५ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्ध मनबीर छन्त्यालले ३९ मत प्राप्त गरे ।

 

भर्खरै

Advertisement

NTA

Advertisement

Nepal Telecom Authority
Bike price in Nepal