म्याट हेनरीको स्थानमा बेन सियर्सले वेस्ट इन्डिजको एकदिवसीय टोलीमा समावेश 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२९
  • |
  • 375 पटक हेरिएको

न्युजिल्याण्डका तिब्र गतिका बलर म्याट हेनरीले वेष्टइन्डिजविरुद्धको एकदिवसीय खेल गुमाउने भएका छन् ।

उनी करङको चोटका कारण वेष्टइन्डिजविरुद्धको एकदिवसीय खेल गुमाउने भएका हुन् ।

उनको स्थानमा बेन सियस वेष्टइन्डिज जानेछन् ।

न्युजिल्याण्ड क्रिकेटले एक विज्ञप्ति निकाल्दै हेनरी गत हप्ता प्रशिक्षणको क्रममा आफ्नो बायाँ दुखेको अनुभव गरेका थिए ।

त्यसपछि उनको अवस्थामा सुधार नआएपछि उनको स्थानमा बेन सियर्सले उनलाई प्रतिस्थापन गर्ने निर्णय भएको बताएको छ ।

उनी वेष्टइन्डिजविरुद्धको दुई टि–२० मा उनी सुरुवाती एघारमा थिएनन् ।

दुवै खेलमा न्युजिल्याण्ड विजयी भएको थियो ।

हेनरीले पछिल्लो पटक जुलाईमा आयरल्याण्डविरुद्धको तीन एकदिवसीय खेल खेलेका थिए जसमा उनले चार विकेट लिएका थिए ।

त्यसपछि उनी काउन्टी क्रिकेट खेल्नका लागि गएका थिए ।

न्युजिल्याण्डका प्रमुख प्रशिक्षक ग्यारी स्टेडका अनुसार उनको चोट गम्भिर नभएको र खेल्दा अझ बढ्ने सम्भावना रहेकोले साबधानीका रुपमा उनलाई बाहिर राखेको बताएका छन् ।

वेष्टइन्डिजविरुद्धको एकदिवसीय श्रृंखला बुधबारबाट सुरु हुँदैछ ।

सियर्सले एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डको टोलीबाट डेब्यु गर्र्नेछन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey