बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा हुन लागेको बाना कप फुटबल प्रतियोगिताका लागि सुदुरपश्चिम फुटबल क्लबको जर्सी सार्वजनिक भएको छ । यसका साथै प्रतियोगिताको तयारी पनि पुरा भएको छ ।
बाना कपको तयारी पुरा गरेको सुदुरपश्चिम फुटबल क्लबले प्रतियोगिताका लागि आफ्नो जर्सी सार्वजनिक गरेको हो । टिमको जर्सीलाई रियल स्टेट कम्पनी अनेष्टले प्रायोजन गरेको हो ।
टिमको प्रशिक्षण अगाडी भएको कार्यक्रममा टिमको जर्सीलाई बानाका अध्यक्ष सुबाध बिलास पन्त, सुदुरपश्चिम समाज बाल्टिमोरका अध्यक्ष दमनबिक्रम शाहका साथै अनेष्टका सहमालिक उत्सव सिग्देलले संयुक्त रुपमा सार्वजनिक गरे । यसका साथै टिमका कप्तानलाई पनि जर्सी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सुदुरपश्चिम समाजका बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

यसअघि आयोजक बानाको टिमको आधिकारिक जर्सीपनि सार्वजनिक गरिएको थियो । सो जर्सीलाई हाम्रोपात्रो रेमिटले प्रायोजन गरेको थियो ।
पहिलो संस्करणका रुपमा हरेको बाना कपमा आठ टिमको सहभागिता रहेको छ । जसमा समुह ए मा चार र समुह बी मा चार टिमको सहभागिता रहेको छ ।
दुई दिन हुने प्रतियोगिताको पहिलो दिन नै समुह चरणका खेलहरु सकिनेछन । जसमा उद्घाटन खेलमा बाना र सीइसी एफसीबिच खेल हुनेछ । यस्तै सुदुपश्चिमको पहिलो खेल नेप्रिकनसँग रहेको छ ।
प्रतियोगिताको विजेताले दुई हजार पाँच सय ५५ अमेरिकी डलर पाउनेछन भने उपविजेताले एक हजार पाँच सय ५५ अमेरिकी डलर पाउनेछन ।