बंगलादेशविरुद्ध जितेर मात्रै फाइनल पुग्न नेपाललाई कठिन 

  • Image नेप्लेज
  • १७ श्रावण २०७९, मङ्गलवार
  • 612 पटक हेरिएको
बंगलादेशविरुद्ध जितेर मात्रै फाइनल पुग्न नेपाललाई कठिन 

भारतमा जारी यू २० साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज अन्तिम खेल खेल्दै छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्न लागेको हो ।

दुई खेलमा जीत र एक खेलमा पराजित भएको नेपाल फाइनल पुग्नका लागि बंगलादेशविरुद्ध जित निकालेर मात्रै हुने छैन् । उता आजै हुने अर्को खेमला माल्दिभ्सले भारतलाई पराजित वा बराबरीमा रोक्नु पर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरुहुने छ । बंगलादेश जारी प्रतियोगितामा लगातार ३ खेल जितेर शीर्ष स्थानमा रहेको छ ।

नेपालविरुद्ध फराकिलो अन्तरले जीत निकालेको भारत दोस्रो स्थानमा रहेको छ । नेपाल र भारतले दुई दुई खेल जितेर समान ६ अंक जोडेपनि गोल अन्तरमा भारत विजयी भएपछि नेपाल तेस्रो स्थानमा पुगेको हो ।