अन्तिम खेलमा भारत पराजित, सिरिज २-१ ले जित्न सफल

  • Image नेप्लेज
  • २६ असार २०७९, आइतवार
  • 523 पटक हेरिएको
अन्तिम खेलमा भारत पराजित, सिरिज २-१ ले जित्न सफल

इंग्ल्यान्डबिरुद्धको तेस्रो टि २० खेलमा भारत १७ रनले पराजित भएको छ । हारसँगै भारतले तीन खेलकाे सिरिज दुई एकले हारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १५ रन बनाएको थियो । इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक ७७ रन बनाए भने लियाम लिभिङस्टोनले अविजित ४२ रन बनाए । 

यस्तै कप्तान जस बटलर १८ रन बनाउँदा जेसन रोय २७ रनको योगदान गरे । उसका लागि ह्यारी ब्रुक १९ रनमा आउट हुँदा क्रिस जोर्डनले ११ रन थपे । 

बलिङमा भारतका लागि रवि विश्रोईले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए भने हर्षल पटेलले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट हात पारे । 

जवाफमा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ९८ रन बनायो ।

भारतका लागि सूर्यकुमार यादवले एक सय १७ रनको शतकीय पारि खेलेपनि टिमलाई जिताउन सकेनन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय टी-२० शतक हो ।

भारतलाई जितका लागि अन्तिम १२ बलमा ४१ रन आवश्यक भएपनि पुरा गर्न सकेन । सुरुवात राम्रो गर्न नसकेको भारतका लागि चौथो विकेटका रुपमा सूर्यकुमार यादव र श्रेयस ऐयरले एक सय १९ रनको साझेदारी गरेका थिए । जसमा ऐयरले २८ रन बनाए ।

रोहित शर्माले ११ रन बनाउँदा दिनेश कार्तिक ६ र रविन्द्र जडेजा ७ रनमा आउट भए । बलिङमा इंग्ल्यान्डका रिसी टोप्लीले ३ विकेट लिए भने डेविड विल्लीले २ विकेट लिए ।

तीन खेलकाे सिरिजमा भारत पहिलो खेलमा ५० रन र दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो ।

सम्बन्धित खबर