इजिप्ट अफ्रिका कपको सेमिफाइनलमा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-१०-१७
  • |
  • 916 पटक हेरिएको

हाइलाइट्स

  • सेमिफाइनलमा इजिप्ट र क्यामरुन खेल्ने 

मोरक्कोमाथि २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गर्दै इजिप्ट अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा १ गोलले पछि परेको  इजिप्टले अतिरिक्त समय गोल गर्दैै सेमिफाइनलमा स्थान बनाएको हो ।

छैटौं मिनेटमा सोफाइन बुफालले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको इजिप्टले दोस्रो हाफमा बराबरी गोल गरेको थियो भने निर्णायक गोल थप गरिएको ३० मिनेट भित्र भएको थियो ।

५३ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि इजिप्टले बराबरी गरेको थियो । त्यसपछि निर्धारित समयमा गोल नभए पछि खेल अतिरिक्त समयमा गएको थियो ।

१०० औं मिनेटमा इजिप्टका लागि मोहम्मुद हसनले  गोल गरेपछि २–१ गोलको जितका लागि सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो ।

इजिप्टले अब फाइनल प्रवेशका लागि  क्यामरुनसँग खेल्ने छ । क्यामरुनले गाम्बियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey