नेपाल र इन्डोनेशियाबीचको मैत्रीपूर्ण फुटबल आज 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०५
  • |
  • 2670 पटक हेरिएको

नेपाल र इन्डोनेशियाबीचको मैत्रीपूर्ण फुटबल आज हुँदै छ ।

दुवै देशका यु २३ टिमबीच प्रतिस्पर्धा हुने छ ।

यो खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा हुने छ ।

एएफसी य–२३ एसियन कप छनोट खेल्न नेपाली टिम अहिले ताजकिस्तानमा रहेको छ ।

उक्त प्रतियोगिताको तयारीका लागि आज इन्डोनेशियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।

 छनोटका ११ समूहका शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् ।

  दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ भने ताजिकिस्तानसँग दोस्रो खेलमा  अक्टोबर २८ मा खेल्ने छ ।

नेपालले आफ्नो अन्तिम खेल अक्टोबर ३१ मा लेबनानसँग  खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् भने दोस्रो हुने टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपका लागि छनोट हुनेछन् ।

फाइनल चरणको प्रतियोगिता उज्वेकिस्तानमा २०२२ को जुन १ देखि १९ सम्म हुनेछ ।

यू २३ टिममा साफ च्याम्पियनसिप खेलकाे टिमबाट खेलेका ६ खेलाडी रहेका छन् । जसमा सुमन अर्याल, गौतम श्रेष्ठ, सुरज जिउ ठकुरी, आयुष घलान र नितिन थापा छन् । यस्तै मनिष डाँगीपनि टिममा छन् । 

यस्तै टिममा गोलकिपरमा अर्पण कार्की, विशाल सुनार, अभिषेक रिजाल छन भने डिफेन्समा शिब गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, सुमन अर्याल र गौतम श्रेष्ठ छन् ।

डफिल्डमा सुरज जिउ ठकुरी, नितिन थापा, आयुष घलान, सेसेहाङ आङदेम्बे, अनिल महर्जन, राजीव लोप्चन, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी र शिशिर लेखी छन् । 

स्ट्राइकरमा मनिषसँगै अभिषेक रिजाल, दर्शन गुरुङ र रितिक कुमार खड्का छन् । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey