पारा ओलम्पियन पलेशा सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२६
  • |
  • 471 पटक हेरिएको

काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ ।

सोही अवसरमा नेपाली पारालिम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जन, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतले उनीहरुलाई सम्मान गरे । त्यसै अवसरमा तेक्वान्दो संघका उपाध्यक्ष महर्जनले व्यक्तिगत रुपमा पलेशालाई नगद १ लाखसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा काठमाडौं जिल्ला तेक्वान्दो संघमा मनोनित उपाध्यक्ष राजेन्द्र पुजारी, सह–सचिव मनोजकुमार शाह तथा सदस्य घनश्याम कार्की, सानुबाबु महर्जन, दशरत्न शाही र लालबहादुर मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

हालै सम्पन्न १० औं कोरियन एम्बासडर भर्चुअल राष्ट्रिय पुम्से प्रतियोगिताको आ–आफ्नो विधामा उत्कृष्ट घोषित काठमाडौंका खेलाडी मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङ र मधुसुदन सापकोटा, काटेश्वर तेक्वान्दो डोजाङकी सन्ध्या लामा तथा स्युचाटार तेक्वान्दो डोजाङका राम गोले र लक्ष्मण गोलेलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । ललितपुर र भक्तपुर जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु पनि सोही अवसरमा सम्मानति भए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey